उद्देश्य
समयमा कृषकहरुलाई विभिन्न घाँसको बीउ उपलब्ध गराउने । किसानले उत्पादन गरेको घाँसको वीउ विक्रि वितरण कार्यमा सहजिकरण गर्ने । विभिन्न क्षेत्रको नोडुल कलेक्सन गरी अध्ययन गर्ने । जैविक मलको उपयोगिता वारे कृषकहरुलाई जानकारी गराउने । विभिन्न संचार माध्यमहरुवाट ईनोकुलम, विउ विश्लेषण तथा घांस खेति सम्बन्धि सुचना प्रवाह गरी जनचेतना अभिवृद्धि गर्ने ।